बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

र्‍याम्पमा क्याटवाक गर्दागर्दै कपडाले धोका दिएपछि...

शुक्रबार, ०७ फागुन २०७७, ०९ : ३३
शुक्रबार, ०७ फागुन २०७७

बलिउड फेशनको लागि निकै अगाडि छ । कयौँ पटक अभिनेत्रीले फेशनका कारण कपडाले धोका दिँदा सार्वजनिक स्थलमा लज्जास्पद समयको सामना गर्नुपरेको छ । 

केही अभिनेत्रीहरुले क्याटवाकको समयमा कपडाले धोका दिएपछि आफ्नो कपडा र आफूलाई सम्हालेर क्याटवाक पूरा गरेका छन् । 

जसमा पहिलो अभिनेत्री हुन् कंगना रनौत । उनले क्याटवाकमा सेतो रंगको कपडा लगाएकी थिइन् । क्याटवाक गर्दागर्दै उनको उक्त कपडाको पछाडिको भाग माथि सर्यो । यद्यपि, उनले आफ्नो क्याटवाक पूरा गरिन् । 

मलाइका अरोडाले क्याटवाकको क्रममा ट्युब लुक ड्रेस  लगाएकी थिइन् । तर क्याटवाट गर्दागर्दै उक्त कपडा स्तनभन्दा तल झर्न थाल्यो । तर, उनले आफूलाई सम्हालेर अगाडि बढिन् । 

लेक्मी फेशन वीकको दौरान यामी गौतमले निकै भारी गाउन लगाएकी थिइन् । उनले लगाएको गाउनको कारण उनी लड्खडाइन् । लड्दालड्दै बचेकी यामीले आफूलाई सम्हालेर अगाडि बढिन् ।

दिशा पटानीले वान पीस ड्रेस  मा क्याटवाकमा निकै समस्या झेल्नुपरेको थियो । उनको लुगा यति छोटो थियो कि बारम्बार माथि गइरहेको थियो । तर पनि दिशाले आफूलाई सम्हालेर टास्क पूरा गरिन् ।

अभिनेत्री गौहर खानको क्याटवाकको क्रममा लुगाको पछाडिको भाग च्यातियो । उनको हिपसम्मको भाग च्यातिएको थियो तर उनले पूरा हिम्मतका साथ आफ्नो क्याटवाक पूरा गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप