कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार नाघ्यो
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ९३१ जनाको स्वास्थ्य परीक्षण गर्दा ३१ महिला र ६६ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने तीन रहेको छ ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ११४ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ६१९ रहेको छ । अहिले देशभर एक हजार ५८३ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ६८ जना क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी एक हजार ५८३ आइसोलेसनमा छन् ।
हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ को पीसीआर परीक्षण भएको छ । पछिल्लो समय कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्मा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण