इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
सारांश
- पेन्टागनका प्रवक्ता शन पार्नेलका अनुसार जुलाई ७, २०२६ देखि इरानसँगको युद्धमा करिब १०० अमेरिकी सैनिक घाइते भएका छन् ।
- घाइते भएका ९६ प्रतिशत सैनिकहरू सामान्य मस्तिष्क चोट (माइल्ड कन्कसन) लागेर पुनः आफ्नो ड्युटीमा फर्किसकेका छन् ।
- पेन्टागनले अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्स र सीएनएनले सैनिक घाइते भएको विवरण सार्वजनिक नगरेको दाबीको खण्डन गरेको छ ।
वाशिङटन डीसी । जुलाई ७ यता इरानसँग जारी युद्धका क्रममा झन्डै सय जना अमेरिकी सैनिक घाइते भएको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले बताएको छ ।
मन्त्रालयका पेन्टागनका प्रवक्ता शन पार्नेलले सामाजिक सञ्जाल एक्समा एउटा पोष्टमार्फत उक्त जानकारी दिएका हुन् । पार्नेलका अनुसार जुलाई ७, २०२६ देखि हालसम्म करिब १०० सैनिक घाइते भए पनि तीमध्ये ९६ प्रतिशत सैनिक पुनः आफ्नो ड्युटीमा फर्किसकेका छन् ।
उनले भने, ‘उनीहरू पुनः आफ्नो जिम्मेवारीमा फर्कन दृढ छन् । अधिकांश घाइतेहरूलाई सामान्य स्तरको मस्तिष्कमा लाग्ने चोट (माइल्ड कन्कसन) लागेको थियो,’ । पार्नेलले यो प्रतिक्रिया अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्स को एउटा समाचारको प्रतिवादस्वरूप दिएका हुन् । उक्त समाचारमा इरानसँगको युद्धका क्रममा अमेरिकी सेनामा भएका दर्जनौँ घाइतेको विवरण पेन्टागनले सार्वजनिक नगरेको दाबी गरिएको थियो ।
यसअघि सोमबार अमेरिकी समाचार संस्था सीएनएनले पनि अमेरिकी सेनाले सैनिकहरू घाइते भएको जानकारी सार्वजनिक गर्न ढिलाइ गरेको जनाएको थियो । सीएनएनका अनुसार यो ढिलाइ सैनिकहरूको सुरक्षा र गोपनीयता कायम राख्ने उद्देश्यले गरिएको बताइएको छ । पेन्टागनले भने अधिकांश चोट सामान्य प्रकृतिका रहेको र धेरैजसो सैनिकहरू पुनः आफ्नो नियमित जिम्मेवारीमा फर्किएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण