स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
सारांश
- स्ट्रेट अफ होर्मुजमा प्रहार भएको भनिएको जहाजका चालकदलका सदस्यहरूले जहाज छाडेका छन् र हाल उनीहरू लाइफबोटमा सुरक्षित छन् ।
- बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्र (यूकेएमटीओ)ले यस घटनाबाट हालसम्म कुनै वातावरणीय प्रदूषण वा तेल चुहावट नभएको जनाएको छ ।
- यसअघि इरानको सरकारी समाचार संस्था आईआरएनएले इरानी रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी)ले निर्देशन नमान्ने दुईवटा तेल ट्यांकरमाथि प्रहार गरेको दाबी गरेको थियो ।
लन्डन । स्ट्रेट अफ होर्मुजमा सोमबार आक्रमण भएको भनिएको जहाजका चालकदलका सदस्यहरूले जहाज छाडेका छन् । हाल उनीहरू लाइफबोट (उद्धार डुङ्गा)मा सुरक्षित रहेको बताइएको छ । बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्र (यूकेएमटीओ)ले मंगलबार बिहान स्थानीय समयअनुसार सार्वजनिक गरेको अद्यावधिकमा यस्तो जानकारी दिएको हो ।
यूकेएमटीओका अनुसार यस घटनाबाट हालसम्म कुनै वातावरणीय प्रदूषण वा तेल चुहावट भएको जानकारी प्राप्त भएको छैन । यसअघि इरानको सरकारी समाचार संस्था आईआरएनएले प्रकाशित गरेको वक्तव्यमा इरानी रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी)ले स्टे«ट अफ होर्मुज पार गर्ने प्रयास गरिरहेका दुईवटा तेल ट्यांकरमाथि प्रहार गरेको दाबी गरेको थियो । यी जहाजले निर्देशन नमानेको दाबी आईआरजीसीको छ ।
यसअघि यूकेएमटीओले सोमबार दिउँसो ओमानको लिमाहबाट करिब ८ समुद्री माइल उत्तरपूर्वतर्फ रहेको एउटा जहाजमा अज्ञात प्रक्षेप्यले प्रहार गरेको सूचना प्राप्त भएको जनाएको थियो । यो घटना आइतबार ओमान र संयुक्त अरब इमिरेट्स (यूएई)को तट नजिकै रहेका दुईवटा जहाजमा पनि प्रक्षेप्य प्रहार भएको घटनापछि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण