यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
सारांश
- वर्षायाममा गलत भाँडामा खाना पकाउँदा वा भण्डारण गर्दा स्वास्थ्यमा हानि पुग्न सक्छ ।
- तामा, पित्तल र जीर्ण आल्मुनियमका भाँडामा अमिलो वा अम्लीय खाना राख्दा रासायनिक प्रतिक्रिया भई खाना विषाक्त हुन सक्छ ।
- खाना पकाउन र भण्डारण गर्नका लागि स्टेनलेस स्टील र माटोका भाँडाकुँडा सुरक्षित विकल्प हुन् ।
काठमाडौं । वर्षाको मौसममा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने वा फूड पोइजनिङको समस्या सामान्य हुन्छन् । धेरैजसो मानिसहरू यसको कारण दूषित पानी वा बाहिरको खानपिन मान्छन् । तर हाम्रो भान्साको केही भाँडाकुँडाले पनि हामीलाई बिरामी बनाउन सक्छ । के तपाईलाईं यो कुरा थाहा छ ? हो, तपाईंले त्यो सही सुन्नुभयो । वर्षाको समयमा गलत भाँडामा खाना पकाउँदा वा भण्डारण गर्दा तपाईंको स्वास्थ्यलाई हानि पुर्याउन सक्छ र अस्पतालै जानु पर्ने हुन सक्छ ।
१. तामा र पित्तलका भाँडाकुँडा
तामा र पित्तलका भाँडाकुँडा स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ, तर वर्षाको समयमा हावा धेरै आद्र्र हुन्छ । यस्तो मौसममा जब तपाईं दही, मोही कागती, गोलभेडा, वा अचार जस्ता अमिलो चीजहरू कोटेड नगरिएको तामा वा पित्तलको भाँडामा राख्नुहुन्छ, धातु र एसिडबीच रासायनिक प्रतिक्रिया हुन्छ । यसले भाँडामा तामाको चुहावट वा विषाक्त यौगिकहरूको निर्माणको स्थिति निम्त्याउँछ, जसले खानालाई विषाक्त बनाउन सक्छ । यस्तो खाना खाँदा पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने र खानामा विषाक्तता हुन सक्छ ।
२. आल्मुनियमका भाँडाकुँडा
धेरै घरपरिवारले दैनिक खाना पकाउन आल्मुनियमका भाँडाकुँडा प्रयोग गर्छन् । तर, विज्ञहरूका अनुसार, पुरानो वा जीर्ण आल्मुनियमका भाँडाकुँडामा अम्लीय खाना पकाउँदा धातु पग्लेर खानामा चुहिन सक्छ । लामो समयसम्म यस्तो खाना खाँदा कलेजो र मिर्गौलामा प्रतिकूल असर पर्न सक्छ ।
खाना पकाउन र भण्डारण गर्न कुन भाँडा उत्तम हो ?
स्टेनलेस स्टील– यो खाना पकाउन र भण्डारण गर्नको लागि सबैभन्दा सुरक्षित र सजिलो विकल्प हो । यसले कुनै पनि प्रकारको खानासँग प्रतिक्रिया गर्दैन ।
माटोका भाँडाकुँडा– मनसुनको समयमा माटोका भाँडामा खाना पकाउनु अत्यन्तै स्वस्थकर हुन्छ । यसले खानामा पोषक तत्वहरू सुरक्षित राख्छ र पाचन प्रणालीमा पनि सुधार गर्न सक्छ ।
कास्ट आइरन– फलामको भाँडामा खाना पकाउँदा शरीरलाई प्राकृतिक आइरन प्रदान हुन्छ , तर ध्यान राख्नुपर्ने कुरा के छ भने खानेकुरा लामो समयसम्म यस्तो भाडामा भण्डारण गर्नु हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण