जुम्ला घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जुम्लाको घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याई परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गरेको छ । आयोगले जुम्लाको गुठीचौर गाउँपालिका–३ का १३ वर्षीय बालक पदमबहादुर बुढाको प्रहरीको कुटपीटबाट मृत्यु भएको भनिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै आईसीयूमा रहेको शव उपयुक्त स्थानमा व्यवस्थापन गर्न, विशेषज्ञ चिकित्सकबाट यथाशीघ्र शव परीक्षण गराउन तथा पीडित परिवारको संरक्षण र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले उक्त घटनाको अनुगमन गरेको जनाइएको छ । आयोगको अनुगमन टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगी आईसीयूमा राखिएको शवको अवलोकन गर्नुका साथै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकसँग घटनाबारे जानकारी लिएको जनाइएको छ ।
निज बालकलगायत सात जनालाई मोबाइल चोरीको आरोपमा प्रहरीले गत माघ १८ गते पक्राउ गरेको, सोधपुछका क्रममा पाइपले कुटपीट गरी निजहरूलाई सोही दिन छाडेको, कुटपीटका कारण बुढाको बायाँ खुट्टाको पिँडौला र पाइतालामा नीलडाम परेको तथा खुट्टा सुन्निएको र उपचारकै क्रममा यही फागुन ५ गते निजको मृत्यु भएको आयोगको अनुगमनको क्रममा बुझिएको छ ।
आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले विशेषज्ञ चिकित्सकबाट यथाशीघ्र शव परीक्षण गराउन जिल्ला प्रहरी कार्यालयलाई तथा मृत्यु भएको दुई दिन भइसक्दासमेत बालकको शव आईसीयूमा नै रहेको पाइएकाले तत्कालै उपयुक्त स्थानमा शव व्यवस्थापन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्राचार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण