कर्णालीमा ८ महिनामा ४८४ वटा मानवअघिकार उलङ्घनका घटना
सुर्खेत । कर्णाली प्रदेशमा वर्षेनी मानवअधिकार उलङ्घनका घटनाहरु वृद्धि भइरहेको पाइएको छ । मानवअधिकार संस्था इन्सेकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानवअधिकार उलङ्घनका घटना यो वर्ष (हाल सम्म) विगतको भन्दा झन बढेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) का अनुसार यो वर्ष राज्य पक्षबाट नै ५८ वटा घटनाहरु भएका छन् । जसबाट ७ जना महिला र ५१ जना पुरुष पीडित बनेका छन् । अन्य पक्षबाट प्रदेशभर ४ सय २६ वटा मानवअधिकार उलङ्घनका घटनाहरु घटेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ । अन्य पक्षबाट पीडित हुने पुरुषभन्दा महिलाहरुको संख्या धेरै रहेको छ । ३ सय ३२ महिलाहरु मात्र विभिन्न कारण पीडित बनेका छन् भने ९४ जना पुरुषहरु मात्र रहेका छन् ।
राज्य र अन्य गरी दुवै पक्षबाट १० जिल्लामा जम्मा ४ सय ८४ वटा मानवअधिकार उलङ्घनका घटनाहरुबाट पीडित बनेका छन् । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कानुनी राज्यमा पनि मानव अधिकारका घटनाहरु दिन प्रतिदिन बढ्नु दूर्भाग्य रहेको बताए ।
गत आर्थिक वर्षमा राज्य पक्षबाट ५ जना महिला र पुरुष पक्षमा ६८ गरी ७३ वटा मात्रै घटनाहरु भएको थिए भने अन्य पक्षबाट ३ सय २९ वटो घटनाहरु भएको थिए । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी भन्छन्– ‘मान्छेले जबसम्म आफ्नो अधिकार सुनिश्चित गर्न पाउन सक्तैन तबसम्म न्याय पाउन कठिन छ ।’
अन्य प्रदेशको तुलनामा कर्णालीको मानवअधिकारको पहुँच सूचाङ्क पनि कम छ’ उनले भने । यसरी मानवअधिकार उलङ्घन् तथा ज्यादतिका घटना हुनुमा घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, कर्णालीमा विद्यमान कुप्रथा छाउपडी, बालविवाह प्रमुख रहेको बताइएको छ । मानवअधिकार उलङ्घनका घटनाका पीडितलाई न्याय हुने गरी सरकारी तवरणबाट कदम चालिनुपर्ने देखिन्छ ।
यद्यपि, कर्णाली प्रदेश सरकारले भने यसतर्फ ध्यान दिन नसकेको सरोकारवालाहरुले गुनासो गर्ने गरेका छन् । ‘प्रदेशका सामाजिक विकास समितिले यस्ता घटनाहरुतर्फ ध्यान दिन नसकिरहेको कार्यक्रमका सहभागीहरुले गुनासो पोखे । । यति मात्र हैन कर्णालीमा अधिकांश नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीको अधिकार हनन समेत भएको पाइन्छ । महिला अधिकारवादी पवित्रा शाहीले मानवअधिकार उलङ्घनका घटनामा बोल्ने अधिकारकर्मीको अधिकार उलङ्घनका विषयमा राज्यको ध्यान जानुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण