भारतका ९१ जिल्लामा पुनः बढे कोरोनाका संक्रमित, सोमबारदेखि विभिन्न आयोजनामा रोक
भारतको कोरोनाभाइरस संक्रमितको संख्यामा पुनः वृद्धि भएको छ । ९१ जिल्लामा कोरोना बिरामीको संख्यामा बढोत्तरी देखिएको छ । यीमध्ये ३४ जिल्ला महाराष्ट्रका छन् । यहाँ पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्या निको हुने बिरामीको संख्याभन्दा बढी छ ।
एकदिनमा ४,४१२ सक्रिय संक्रमितः
आइतबार भारतमा १३,९७९ नयाँ बिरामी भेटिए । यस्तै ९,४७६ संक्रमित निको भए, यसका साथै ७९ को मृत्यु भयो । ४,४१२ सक्रिय संक्रमित बढे जुन ८७ दिनमा सबैभन्दा बढी हो । यसअघि २५ नोभेम्बरमा ७,२३४ सक्रिय संक्रमित बढेका थिए । सक्रिय संक्रमित अर्थात् जुन बिरामीको उपचार चलिरहेको छ ।
महाराष्ट्रमा कोरोनाभाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएकोमा राज्य सरकारले चिन्ता व्यक्त गरेको छ । मुख्यमन्त्री उद्धव ठाकरेले सोमबारदेखि राज्यमा भीडभाडयुक्त राजनीतिक र धार्मिक कार्यक्रममा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले स्थितीमा सुधार नभए राज्य सरकार पुनः लकडाउन गर्न बाध्य हुने बताएका छन् ।
उद्धव ठाकरेले आइतबार मानिसहरुलाई ८ दिनको अल्टिमेटम दिँदै लकडाउन नचाहने हरुलाई मास्क लगाउन आग्रह गरेका छन् । नीजि कम्पनीलाई घरबाटै काम गर्ने नीति अपनाउन आग्रह गरिएको छ । उनले अबको ८ देखि १५ दिनभित्र यो कोरोनाको दोस्रो लहर हो होइन भन्ने थाहा हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण