वडा सदस्यले झुक्याएर सही गराएपछि......
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का वडा सदस्य रामकुमार दर्लामीले सुर्खेत उपत्यका खानेपानी संस्थाका पूर्वकोषाध्यक्ष भीमबहादुर खड्कालाई झुक्याएर संस्थाविरुद्ध सही गराएको आरोप लागेको छ । आफुलाई झुक्याएर दर्लामीले हस्ताक्षर गराएको भन्दै आपत्ति खड्काले जनाएका हुन् ।
वडा सदस्य दर्लामीले घरमा आइ स्किम –२ को खानेपानीसम्बन्धी समस्याको विषयमा छलफल गरी संस्थामा पठाउनु पर्ने भएकोले सही गर्न आग्रह गरेको र त्यसैमा आफूलाई झुक्याएर केही कागजमा आफ्नो सही छाप गराइ फर्किएको खड्काले विज्ञप्तीमार्फत् आरोप लगाएका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘विभिन्न वहानामा खानेपानी जस्तो संस्थालाई बदनाम गराउन खोज्दैछन् । सुर्खेत उपत्यकावासी जनतालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने सेवामुखी संस्थामा यस्तो राजनीति गर्नु राम्रो होइन् ।’
खड्काले भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउने, दुन्दुरे खोलाको पानी ल्याउने, वितरण पाइपलाइनहरु सुधार विस्तार गरी सेवालाई प्रभावकारी बनाउनका लागि कार्य अगाडि बढाइरहेको नेतृत्वलाई बदनाम गराउने काम भएको बताए । आफ्नो राजनीतिक तुक फेर्ने स्वार्थ बोकेका केही झुण्डहरु स्किम समितिमा निर्वाचित पदाधिकारी सदस्यहरुलाई अनेकौँ बहाना बनाएर झुक्याएर संस्थाको विरुद्धमा हस्ताक्षर सङ्कलन गर्दै हिँडेको विज्ञप्तीमार्फत् उनले जनाएका छन् ।
आफूलाई झुक्याएर संस्थाको विरुद्धमा सहीछाप गराएको र त्यसमा आफ्नो समर्थन नरहेको उनले बताए । ‘वडा सदस्य जस्तो पदमा बसेका व्यक्तिले यस्तो गैरजिम्मेवारी काम गर्नु राम्रो होइन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण