तस्बिरमा कैद भएको थियो एक भयानक वास्तविकता, ध्यानपूर्वक हेर्नुहोस् फोटो
जब कोही घुम्न जान्छन् तब उक्त क्षणलाई क्यामरामा कैद गर्न पछि पर्दैनन् । यस्तै एक परिवार अमेरिकाको कोलोराडो शहर घुम्न गएका थिए तर उक्त तस्बिर राम्रोसँग हेरेपछि उनीहरुको होस उड्यो ।
तस्बिर खिच्ने व्यक्ति जोन जे र उनकी श्रीमतीका अनुसार पार्टीमा ११ जनाको मात्र उपस्थिती थियो । त्यहाँ कुनै पनि बच्चा थिएनन् ।
यो पूरा घटना कोलोराडोको स्ट्यान्ले होटलको हो जहाँ पछिल्लो महिना केही व्यक्तिहरु घुम्न गएका थिए । यो तस्बिरलाई ध्यानपूर्वक हेर्नुभयो भने तपाईंले सिँढिमा महिलाको नजिकै एक बालिका देख्नुहुन्छ भने सिँढिको अर्कोतर्फ पनि एक महिला देख्नुहुन्छ ।
यद्यपी, फोटो खिच्ने व्यक्ति जोन जे माउस्लिङ र उनकी श्रीमती जेसिका मार्टिनेज–माउस्लिङले त्यसदिन पार्टीमा कुनै पनि बच्चाको उपस्थिती नभएको दाबी गरेका छन् ।
‘सुरुमा हामीले केही बेर सोच्यौं । कुनै बच्चालाई हामीले बिर्सियौं कि भनेर घोत्लियौं । हामीसँगै गएका केही सदस्यलाई पनि बालिकाहरु देखेका थियौ भनेर सोध्यौं,’ उनीहरुले हफिङ्टनपोष्टलाई लेखेको एक इमेलमा बताए ।
‘कसैले पनि देखेका थिएनन् । फोटो खिच्दा ती बालिकाहरु सिँढिमा देखेको कुुरा हामीलाई याद नै छैन ।’
उक्त तस्बिरको वास्तविकतालाई पूर्व एफबीआई एजेन्ट बेन हान्सेनले परिक्षण गरेका थिए ।
‘मलाई उक्त फोटो निकै मनपर्यो,’ हान्सेनले भने ।
‘यो नक्कली होइन भन्ने मलाई लाग्छ । असाधारण शक्तिको प्रमाणको रुपमा मैले देखेका तस्बिरमध्ये यो शीर्ष स्थानमा रहेको छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण