‘सोसल मिडियामा कम फलोअर्सका कारण भूमिका पाइनँ’ – नायिकाको खुलासा
बलिउड र सानो पर्दामा कुनै प्रोजेक्टका लागि छनोटको विषयमा थुप्रै मानिसहरुले औंला उठाउने गर्छन् । बाहिरका मानिसहरुले यो मान्यता राख्छन् कि इन्डष्ट्रिमा स्टार किड्सलाई सर्वसाधारणभन्दा बढी प्राथमिकता दिइन्छ । यस्तै कुनै कलाकारलाई फिल्म वा टिभीमा कास्ट गर्ने प्रक्रिया निकै लामो हुन्छ । यो लामो प्रक्रिया पछि पनि थुप्रै पटक कलाकारलाई अस्विकार गरिन्छ । तर नायिका वन्दना सजनानीलाई रिप्लेस गरिएको जुन कारण बताएकी छिन् सायद त्यो कसैलाई पनि चित्त बुझ्दैन होला ।
सोसल मिडियाका फलोअर्सलाई यति धेरै महत्व ?
हुन त मनोरञ्जनको क्षेत्रमा कलाकार निकालिने र छनोट हुने खबर आइरहन्छन् तर यसपटक नायिका वन्दनाले बताएको कारण निकै चकित पारिदिने किसिमको छ । वन्दनाका अनुसार सोसल मिडियामा कम फलोअर्स भएका कारण कसैलाई फिल्मबाट निकालिने गरेको बताइन् । उनले आफूमाथि पनि यस्तै भइसकेको बताएकी छिन् ।
उनले भनिन्, ‘दुई वर्ष ब्रेक पछि मैले फिल्ममा फिर्ता हुनेबारे सोचेँ त्यसैले मैले कास्टिङ एजेन्टसँग कुराकानी गर्न सुरु गरेँ । मलाई सोसल मिडिया अकाउन्टबारे सोधियो र मेरो अडिसन पनि गराइयो । तर मलाई मेरो प्रस्तुतीका कारण निकालिएको होइन, सोसल मिडियामा कम फलोअर्सका कारण निकालिएको हो ।’
वन्दानाले थपिन्, ‘आजकाल इन्स्टाग्राममा बढी फलोअर्स हुनेलाई सेलेक्ट गरिन्छ । मलाई यो कारण निकै अचम्मको लाग्यो किनभने योभन्दा अघि यस्तो कहिल्यै सुनेकी थिइनँ । मलाई यसमा नमज्जा लाग्यो । यदि तपाईं राम्रो काम गर्न चाहनुहुन्छ भने तपाईंको सेलेक्सन इन्स्टाग्राम फलोअर्सका कारण हुन्छ । यो कुरा त अनफेयर हो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण