जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन
रुकुम । सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघुजलविद्युत् आयोजना पुनःनिर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको हो ।
शुरुमा २०७२ माघ २६ गते उद्घाटन गरी सञ्चालन भएको ९० किलोवाट विद्युत् आयोजना करीब चार वर्षसम्म चलेर बन्द भएको थियो । पहिले वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको रु दुई करोड १३ लाख र जन श्रमदान गरी करीब रु चार लाखमा निर्माण गरिएको विद्युत् २०७५ असोज ५ गते राति आएको पहिराले क्षति गरेपछि अवरुद्ध भएको थियो । विद्युत् गृहको माथिबाट आएको पहिराले विद्युत् गृह पूर्णरुपमा क्षति भएपछि त्यसपछिका दुई वर्षको अवधिमा वडा नं ८ का सबै र ७ नं वडाका केही ठाउँका स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरणको विद्युत् उपभोग गरेका थिए ।
अहिले करीब रु ४० लाखको बजेटमा विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको रुकुम पूर्व, जामाखोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले जानकारी दिए । उनका अनुसार विद्युत् सेवा सञ्चालन भएपछि केही समय अँध्यारोमा बस्न बाध्य भएका स्थानीयवासीले फेरि बिजुली बाल्न पाएका छन् ।
आयोजनाबाट वडा नं ८ का सबै टोल र साबिकको ७ नम्बर वडाका जनता लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए । अवरुद्ध विद्युत् सेवा पुनः निर्माण भई सञ्चालनपछि स्थानीयवासी हर्षित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण