'जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो'
नेपाली काँग्रेसका शीर्ष नेतृत्व तहमा सरकारमा जाने नजाने विषयमा मत बाझिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले अवसर पाए सरकारको नेतृत्व गर्ने अभिमत दिइरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने काँग्रेसलाई जनादेश प्रतिपक्षकै रहेकाले सरकारमा जान नहुने बताएका छन् ।
पूर्व सांसद एकनाथ रानाभाटको बुधबार परेको दसौँ स्मृति दिवसमा आयोजित श्रद्धाञ्जलि सभामा सभापति देउवाले काँग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे । “मरिहत्ते गर्दै खोजिँदैन । प्रधानमन्त्री नै चाहिने लोभ पनि छैन । अवसर पाए छाडिँदैन । भाग्ने पनि हैन होला”, उनको स्पष्ट भनाइ थियो, “मुलुकलाई कसै न कसैले अगाडि बढाउनुपर्छ । अहिलेको अवस्थामा अवसर पाए काँग्रेसले नेतृत्व गरेर अगाडि बढ्नुपर्छ ।”“प्रधानमन्त्री पाउँ पनि भनेको छैन ।
आयो भने भाग्नेवाला छैन । त्यसको फाइदा पार्टीलाई नै होला । म प्रधानमन्त्री भएँ भने पक्कै रामचन्द्रजी पनि खुसी हुनुहोला”, वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने, “जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो । यसमा रामचन्द्रजीले सानो चित्त गर्नुहुन्न होला ।” यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुली र सञ्जयकुमार मिश्रले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही स्थगित
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण