सप्तकोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड
भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोसी उच्च बाँधको प्रसंग उप्काए ।
कार्यक्रम थियो बाँध तथा जलाधार क्षेत्रको दिगो विकाससम्बन्धी । मन्त्री सिंहले वातावरण बचाउने नाममा एकतर्फी ढंगले बाँधहरुको विरोध भइरहेको आरोप लगाउँदै भारतका केही ठूला जलविद्युत् आयोजनाका कारण विभिन्न राज्यहरुको विकास भएको दाबी गरे ।
त्यही क्रममा उनले कोसी (सप्तकोशी) उच्च बाँधको प्रसंग पनि उप्काएका हुन् । 'यदि बिहारका कसैलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने उसको प्रमुख चाहाना नेपालको कोसी नदीमा ठूलो बाँध बनाउनु नै हुन्छ । जहाँ पनि हामीले ठूला बाँध बनाएका छौँ, त्यहाँका जनताको जीवनस्तर पुस्तौँसम्म सुधार भएको छ । यो सन्देश सबैतिर प्रवाह गर्न खाँचो छ ।' मन्त्री सिंहको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।
भारतीय पक्षबाट कोसी उच्च बाँधको प्रसंग उठेको यो पहिलो पटक होइन । उर्जा जलस्रोतका द्विपक्षीय बैठकदेखि हरेकजसो उच्चस्तरीय भेटघाट र भ्रमणमा भारतले यस विषयमा जोड दिँदै आएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही स्थगित
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण