शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तथ्याङ्क विभागको रिपोर्टः  मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक

बिहीबार, २० फागुन २०७७, १३ : ३०
बिहीबार, २० फागुन २०७७

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले गत आर्थिक वर्षको मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक देखाएको छ । विभागले बिहिबार गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास र चालू आ.व २०७७/७८ को पहिलो त्रैमासको लेखा अनुगमन रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएको हो ।

विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको छ । जुन केन्द्रीय तथ्याङ्क विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्याँकमा यस्तो देखिएको हो । बिहीबार पत्रकार सम्मेलनमार्फत विभागले कूल ग्राहस्थ उत्पादनको गणनाको आधार वर्ष समेत परिवर्तन गरेको जानकारी दिएको छ । यसअघि २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएकामा आधार वर्ष फेरिएपछि अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको विभागले जनाएको छ ।

साथै कोरोना भाइरस महामारीका कारण पनि आर्थिक वृद्धिदर ऋणात्मक आएको विभागको भनाई छ । यसअघि सन् २०००/२००१ लाई आधार मानेर तथ्याङ्क सार्वजनिक गर्ने गरिएकोमा अहिले २०१०/२०११ लाई आधार मानेर तथ्याङ्क तयार गरिएको विभागले जनाएको छ ।

विभागले पाँचौं आधार वर्ष परिवर्तनपछिको पहिलो तथ्याङ्क सार्वजनिक गरेको हो । अबदेखि हुने सम्पूर्ण गणनाहरूको आधार वर्ष २०१०/११ हुनेछ । आधार वर्ष परिवर्तन गर्दै तथ्याङ्क तयार गरेको विभागले मुलुकको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप