तथ्याङ्क विभागको रिपोर्टः मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले गत आर्थिक वर्षको मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक देखाएको छ । विभागले बिहिबार गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास र चालू आ.व २०७७/७८ को पहिलो त्रैमासको लेखा अनुगमन रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएको हो ।
विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको छ । जुन केन्द्रीय तथ्याङ्क विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्याँकमा यस्तो देखिएको हो । बिहीबार पत्रकार सम्मेलनमार्फत विभागले कूल ग्राहस्थ उत्पादनको गणनाको आधार वर्ष समेत परिवर्तन गरेको जानकारी दिएको छ । यसअघि २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएकामा आधार वर्ष फेरिएपछि अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको विभागले जनाएको छ ।
साथै कोरोना भाइरस महामारीका कारण पनि आर्थिक वृद्धिदर ऋणात्मक आएको विभागको भनाई छ । यसअघि सन् २०००/२००१ लाई आधार मानेर तथ्याङ्क सार्वजनिक गर्ने गरिएकोमा अहिले २०१०/२०११ लाई आधार मानेर तथ्याङ्क तयार गरिएको विभागले जनाएको छ ।
विभागले पाँचौं आधार वर्ष परिवर्तनपछिको पहिलो तथ्याङ्क सार्वजनिक गरेको हो । अबदेखि हुने सम्पूर्ण गणनाहरूको आधार वर्ष २०१०/११ हुनेछ । आधार वर्ष परिवर्तन गर्दै तथ्याङ्क तयार गरेको विभागले मुलुकको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण