नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो
नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४ डलर कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा वार्षिक प्रतिव्यक्ति आय ११ सय ५९ डलर थियो ।
राष्ट्रिय लेखा तथ्यांकका आधार परिवर्तनले अर्थतन्त्रको साइज मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । आधार वर्ष सन् २०००-१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्ष २०१०÷११ अनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको हो ।
एक दशक अर्थात् १० वर्षमा नेपालको अर्थतन्त्रमा १४.७ प्रतिशतको वृद्धि देखिएको थियो । विगत १० वर्षमा कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार १४.७ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक विभागले देखाएको हो । विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको अनुमान गरेको छ । आधार वर्ष परिवर्तन हुँदा नेपालको अर्थतन्त्र १४.१ प्रतिशतले बढेको हो । आधार वर्ष परिवर्तनसँगै अर्थतन्त्रको उपसूचक पनि १७ बाट विस्तार भएर २१ वटा पुगेका छन् ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण