ओली झनै शक्तिशाली
नेकपा एमाले ब्यूँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिए पनि सबैलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ । ओली तत्कालीन एकीकृत नेकपाको संसदीय दल र केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल मिल्दा अल्पमतमा थिए । तर, एमाले र माओवादी छुट्टाछुट्टै भएपछि ओली पार्टी केन्द्रीय कमिटी र संसदीय दल दुवैमा बहुमतमा छन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा भने उनलाई अन्य दलसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बाध्यता छ । एमालेसँग स्पष्ट बहुमत नभएकाले प्रधानमन्त्री ओलीले संसद्मा रहेका काँग्रेस, जसपा वा माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्ने बाध्यता रहेको हो । प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छ । सरकार गठन गर्नका लागि १३८ सांसदको आवश्यकता पर्छ । प्रतिनिधिसभामा नेकपाका १ सय ७३ सांसद थिए ।
तर, एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि एमालेका १२१ र माओवादी केन्द्रका ५३ सांसद रहेका छन् । एमाले संसद्मा सबैभन्दा ठूलो दलको रुपमा कायम नै रहनेछ । नेपाली काँग्रेस ६३ सांसदसहित दोस्रो ठूलो दल र माओवादी तेस्रो दलका रुपमा रहनेछन् । प्रतिनिधिसभामा जसपा ३४ सांसदसहित चौथो ठूलो दलका रुपमा छ । र, काँग्रेस र जसपा दुवैका दुई–दुई सदस्य निलम्बित छन् । त्यसैगरी एमालेका एक सदस्यको मृत्यु भएको छ ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण