बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

चीनका नागरिकलाई ‘कोरोना पासपोर्ट’

बुधबार, २६ फागुन २०७७, ०६ : ५०
बुधबार, २६ फागुन २०७७

कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ। विश्वका अन्य देशले समेत यसप्रकारको ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी गरिरहेको बेला चीनले विदेश यात्रा गर्दा आफ्ना नागरिकका लागि यस्तो व्यवस्था गरेको हो।  

यस्तो व्यवस्था गर्नेमा चीन विश्वकै पहिलो देश बनेको छ। उक्त डिजिटल सर्टिफिकेटमा खोप लाएनलाएको जानकारी तथा भाइरस परीक्षण नतिजा समावेश छ। यो सर्टिफिकेट चीनको सामाजिक सञ्चाल विच्याटमा उपलबध हुनेछ। चीनको विदेश मन्त्रालयले यो सर्टिफिकेटलले विश्वव्यापी आर्थिक पुनर्उत्थान तथा अन्तर्राष्ट्रिय यात्रालाई सहज पार्ने जनाएको छ। 

यो सर्टिफिकेटलाई विश्वकै पहिलो ‘भाइरस पासपोर्ट’ मान्न सकिन्छ। अमेरिका र बेलायत पनि समान प्रकारका सर्टिफिकेट जारी गर्ने तयारीमा छन्। यसैगरी युरोपेली संघले संघभित्र र बाहिर यात्रा गर्दा प्रयोग गर्ने हिसाबले ‘ग्रिन पास’ को व्यवस्था गर्न लागेको छ।

आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप