छाडिदिऊँ भन्ने मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको जवाफ : ‘उपाय अनेक छन्, चूप लागेर बस्नोस्’
‘आऽऽऽ, कति किचकिच गर्नु, अब छाडिदिऊँ...!’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसो भन्न गएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उहाँको जवाफ थियो, ‘उपाय अनेक छन्, चूप लागेर बस्नुस्’
सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेजी र एमाले–माओवादीको पूर्ववत् हैसियत चित्रण गर्दै आइतबार अपराह्न फैसला सुनाउनुअघि ओली निकटस्थ मानिने मुख्यमन्त्री गुरुङ उहाँलाई पद छाड्न सुझाव दिइरहेका थिए । तर, प्रधानमन्त्रीमा झन् बढी आत्मविश्वास झल्किरहेको थियो ।
आइतबार सर्वोच्चले दिएको फैसलाबारे प्रधानमन्त्रीसँग करिव ९–१० महिनाअगाडि नै सूचना थियो– चिज भनेजसरी अगाडि बढ्छ । उनले नेकपा विवाद उत्कर्षमा पुगिरहेको बेला तीन महिनाअगाडि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भनेका थिए– ‘सँगै जान सकिएन, त्यसैले मिलेरै फुटौँ । ऋषि कट्टेलको मुद्दा सर्वोच्चमा छ क्यारे, त्यसैलाई मिलाएर हामी आ–आफ्नो बाटो लागौँ, एकतालाई भंग गरेर अगाडि बढौँ ।’ आइतबार प्रधानमन्त्रीले तीन महिना पहिल्यै बोलेको भाषा जस्ताको तस्तै उत्रिने गरी फैसला आएको छ । यसलाई संयोगमात्रै भन्न नमिल्ने राजनीतिक विश्लेषकहरुको ठम्याई छ ।
निर्वाचन आयोगमा दलसम्बन्धी विवाद चलिरहँदा आफू स्पष्ट अल्पमतमा परिसकेर पनि उनी नयाँ दल दर्ताका निम्ति गएनन्, फेरि अध्यादेश ल्याएर आफू सुरक्षित हुन पनि खोज्नुभएन । बरु, देश दौडाहामा निस्किरहे । संसद बैठकको दुई दिनअघि बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका सांसदहरुको भौतिक उपस्थिति जम्मा ६१ जनाको थियो । तर, ‘१ सय १५ को संख्या पुगिसक्यो, यो बढ्दै जान्छ’ भनेर आफ्ना निकट नेतामार्फत फेरि उत्तिकै आत्मविश्वासका साथ बाहिर गएर बोल्न लगाए । यसबाट अर्थ लगाउन थालिएको छ– के उहाँलाई सर्वोच्चको फैसलाबारे तीन दिनअघि नै संकेत थियो ? किनभने, उनले वैधानिकता, चुनाव चिह्नजस्ता कुराले प्रचण्ड–माधवतिर गएका साथीहरु आफूतिर आउँछन् भन्ने आत्मविश्वास बैठकमा व्यक्त गरिरहे ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण