बँदेल र बाँदर आतङ्कका कारण किसानले खेतीपाती गर्न छाडे
रसुवाको खेतीयोग्य जमिनमा बँदेल र बाँदर आतङ्कका कारण किसानले खेतीपाती गर्न छाडेका छन् । अहिले बाँदर र बँदेलकै कारण खेतीपाती गर्नेको कृषकको सङ्ख्या घटिरहेको छ । कालीका गाउँपालिका वडा नम्बर ३ का कृषक खेमराज न्यौपानेले बाँदरका कारण हिउँदे, वर्षे बाली भित्र्याउन नसकेर समस्या हुने गरेको बताए ।
बाँदर खेद्न प्रत्येक घरबाट एक जना हेरालु (बाँदर धपाउन बस्ने व्यक्ति)को व्यवस्था मिलाएर पहिले खेद्ने गरे पनि अहिले हेरालुको अभावसँगै बाँदरले पनि नटेर्ने गरेको न्यौपानेले बताए । हिमाली क्षेत्रमा बँदेल र तल्लो क्षेत्रमा बाँदरले समस्या पार्ने गरेको छ । जिल्लाको उत्तरगया, कालीका गाउँपालिकामा बाँदर आतङ्क बढ्दै गएको छ । हिउँदमा अन्न भण्डार गरेकै घरमा पुग्ने र वर्षात्मा खेतबारीमा पुगेर सखाप पार्ने गरेपछि खेतीयोग्य जमिन बाँझै हुन थालेको छ । सामुदायिक वन संरक्षण गर्न थालेपछि बाँदरको सङ्ख्या बढ्दै गएको हो ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण