अनलाइन ‘ब्रिफिङ’ पछि मात्र आरोहण अनुमतिपत्र
पर्वतारोहणको मुख्य याम सुरु हुँदै गर्दा पर्यटन विभागले यसलाई थप व्यवस्थित बनाउने प्रयास अघि बढाएको छ । कोरोना सङ्क्रमणका कारण गत वर्ष पर्वतारोहणको मुख्य समय अर्थात् वसन्तयाम नै प्रभावित भएपछि विभागले यस वर्ष थप व्यवस्थापनको उपाय अवलम्बन गरेको हो । व्यवस्थापनका लागि विभागले पर्वतारोहणसँग सम्बन्धित सरोकारवालाका लागि विभिन्न ११ वटा नियम तोकेको छ ।
विभागका अनुसार एजेन्सीका तर्फबाट पर्वतारोहणसम्बन्धी कार्य गर्न आधिकारिक व्यक्ति नै खटाउनुपर्नेछ । पर्वतारोहण दलले पर्वतारोहणबाहेक अन्य थप गतिविधि गर्ने भएमा अनिवार्य जानकारी गराउँदै स्वीकृति लिएर मात्रै गतिविधि गराउनु पर्नेछ । कुनै पनि पर्वतारोही दल तथा दलका सदस्यले फोटो, भिडियो तथा फिल्मिङसम्बन्धी काम गर्दा आफूसम्बद्ध दल र दलका सदस्यको आरोहण गतिविधिबाहेक अन्यको फोटो भिडियो खिच्न नपाउने निर्देशन पनि विभागले जारी गरेको छ । त्यस्तै, पर्वतारोही दलका सम्पूर्ण सदस्य तथा आरोही सदस्यको स्वास्थ्य अवस्था पेस गर्दा पर्वतारोहणका लागि उपयुक्त भएको विवरण अनिवार्य पेस गर्नुपर्नेछ ।
पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले अनलाइन बिफ्रिङ भरेपछि मात्र विभागले आरोहण अनुमतिपत्र जारी गर्ने भएको छ । अनुमतिपत्र जारी भएको मौसम समाप्त भएको १५ दिनपछि मात्र आरोहणको प्रमाणपत्र जारी गर्ने कार्य सुरु हुने विभागले जनाएको छ । अनलाइन डिब्रिफिङ नभरेको हकमा आरोहण प्रमाणपत्र जारी नहुने पनि विभागले स्पष्ट पारेको छ । विभागका अनुसार आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम आरोहण अनुमतिपत्र जारी गर्ने समयमा पेस गर्नुपर्नेछ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण