जसपा विभाजित भए ओली सरकारलाई बहुमत पुर्याउन पर्याप्त !
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने नीतिअनुरुप जनता समाजवादी पार्टीसँग सत्ता साझेदारका लागि वार्ता टोली गठन गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र फरक–फरक दल भएको फैसला गरेसँगै संसद्मा विश्वासको मत लिनका लागि एमालेले जसपासँग सहकार्य गर्न कार्यदल गठन गरेको हो । एमालेले विश्वासको मत लिन अब अर्को दलको समर्थन लिनुपर्नेछ ।
एमालेसँग हाल १२१ जना सांसद रहेका छन् । बहुमत पु¥याउन २७५ जना प्रतिनिधिसभामा १३८ जना सांसद चाहिन्छ । एमालेले जनता समाजवादी पार्टीलाई मात्र विश्वासमा ल्याए सहजै बहुमत पुग्नेछ । हाल जसपासँग ३४ जना सांसद रहेका छन् । जसमध्ये २ जना सांसद निलम्बित छन् । जसपाले सत्ता साझेदारीका लागि जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइलाई पहिलो सर्त बनाउने भएको छ । सरकारले चौधरीलाई रिहा गर्न तयार भए बाँकी सत्ता सहकार्य गरेर अगाडि बढ्ने बताएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सहकार्य गर्नुभन्दा जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने नीति बनाएको बताइएको छ । तर जसपाभित्र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीसँग सत्ता सहकार्य नगर्ने पक्षमा रहेका छन् ।जसपाका अध्यक्ष महन्त ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहकार्य गर्नका लागि कार्यदल गठन गर्न सहमत भएसँगै पार्टी दुई धारमा विभाजित भएको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपालका १८ र राष्ट्रिय जनता पार्टी नेपालका १६ सांसद गरी हाल ३४ जना सांसद रहेका छन् । पार्टीभित्रको विवाद बढ्दै गएको अवस्थामा राजपालाई पार्टी विभाजन गर्न केन्द्रीय कमिटी र संसदीय दलमा चालीस प्रतिशत संख्या पुग्छ । उपेन्द्र यादव र बाबुराम भट्टराईले अडान लिए पनि पार्टी विभाजन गरेर राजपा विभाजित भए १६ जना सांसद हुनेछ । जुन संख्या ओली सरकारलाई बहुमत पु¥याउन पर्याप्त हुन्छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण