इजरायली प्रधानमन्त्रीले पहिलो पटक यूएईको औपचारिक भ्रमण गर्ने
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले पहिलो पटक युनाइटेड अरब इमिरेट्स (यूएई)को औपचारिक भ्रमण गर्ने भएका छन् । दुई देशका बीचमा आपसी सम्बन्धलाई सुधार गर्दै अगाडि बढ्ने सहमति भएकाले बिहीबार उनले यूएईको भ्रमण गर्ने भएका हुन् ।
नेतन्याहुको एक जना उच्च सरकारी अधिकारीले उनको भ्रमण निश्चित भएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनले यसअघि नै यूएई सँगै बहराइनको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि इजरायलमा लकडाउन कायमै रहेको र विमान सेवासमेत बन्द भएकाले उनले त्यतिबेलाको भ्रमण स्थगित गरेका थिए ।
“यूएईका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकार गर्दै भ्रमणमा जान लाग्नु भएको हो, भ्रमण दुई देशबीचको सम्बन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि गरिएको छ,” नेतन्याहुको कार्यालयका एक उच्च अधिकारीले भनेका छन् ।
सन् २००९ देखि लगातार इजरायली राजनीतिको केन्द्रमा रहनु भएका नेतन्याहुको भ्रमणलाई विश्वभरबाट महत्व र चासोका साथ हेरिएको छ । भ्रमणका क्रममा उनले यूएईका नेता शेख मोहम्मद बिन जायद अल नाह्यानलाई अबुधाबी विमानस्थलमा भेट्नेछन् । उनले जेरुसलेम फर्केपछि हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्बानसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण