मिर्गौला खराब हुनबाट बच्न नियमित स्वास्थ्य परीक्षण
काठमाडौँ । नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ ।
स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको हो । नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको अनुमान गरिएको छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले पछिल्लो समय सानै उमेरमा पनि मिर्गौला खराब हुने गरेको बताए । डा. श्रेष्ठले आफ्नो स्वास्थ्यमा खराबी आउनुभन्दा पहिले अस्पताल गई परीक्षण गरेमा मिर्गौला रोगबाट बच्न सकिने जानकारी दिए ।
तर मानिसहरू आफ्नो स्वास्थ्यको हेरचाह नगरी स्वास्थ्य अवस्था बिग्रिसकेपछि मात्र मृर्गौला रोगको उपचारमा आउने गरेको उनको भनाइ छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठले बालबालिकाहरूले पनि वर्षको एक पटक मिर्गौला परीक्षण गर्दा रोग लागे नलागेको थाहा हुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण