मुख्य नाकामा ताला, चोर बाटो हुँदै आवतजावत गर्नेको भीड
विराटनगर । गृह मन्त्रालयले नेपाल–भारतका २८ वटा नाका माघ १६ गतेदेखि खोल्ने निर्णय ग¥यो। सो निर्णयमा विराटनगरस्थित रानी नाका पनि सूचीकृत थियो। तर, अहिले पनि सो नाकामा ढाट लागेको छ।
‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड भने हरेक दिन बाक्लिँदै गएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारम भरेपछि भारतीयलाई नेपालतर्फ प्रवेश गर्न दिने नियम सरकारको छ। सो नियम कोरोना महामारीमा भन्दा पनि कडा महसुस गर्छन् आवतजावत गर्नेहरू। ‘अनेक नियम ल्याएर आउन जानै समस्या छ, भारतबाट विराटनगर फर्किएका राजीव मगर भन्छन् ‘अब पनि के नियम राखिराखेको होला, चोर बाटोबाट सबै गएकै छन्, आएकै छन्।’
सरकारले नाका खोल्ने भन्ने निर्णय गरेको एक महिना बितिसक्यो। नाका खोल्दा कस्तो असर प¥यो, कस्तो सुधार गरेर खोल्ने भन्नेबारे सरकारले विश्लेषण गरेको छैन। मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला केन्द्रको निर्णय कुर्नुबाहेक अन्य विकल्प नरहेको बताउँछन्। ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट’ को केन्द्रीय कमिटीको निर्देशन नआएकाले नाका खोल्न समस्या भएको हो,’ उनले भने ‘हामीले निर्णय गरेर खोल्न मिल्दैन।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण