संसद्मा पेस नहुँदा ६ अध्यादेशको अवस्था अन्योलमा
संसद् अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेशहरू पेस हुनुपर्ने संवैधानिक बाध्यता छ । तर, बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि ६ अध्यादेश पेश नहुँदा त्यसको अवस्था के हुने भन्ने अन्योल उत्पन्न भएको छ ।
संविधानको धारा ११४ (२) को स्पष्टीकरण खण्डमा सरकारले जारी गरेका अध्यादेशहरू संघीय संसद्को दुवै वा अलग–अलग अधिवेशन प्रारम्भ भएको बैठकमै पेस हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम ९३ मा भनिएको छ, ‘संविधानको धारा ११४ बमोजिम जारी भएको अध्यादेश, जारी भएपछि आह्वान भएको सदनको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेस गर्नेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि सरकारले सातवटा अध्यादेश जारी गरेको थियो । प्रतिनिधिसभाको आइतबार बसेको पहिलो बैठकमा विपक्षी काँग्रेस र जसपाले नाराबाजी र अवरोध गरेका थिए । विरोधका बीच कानुनमन्त्री लीला श्रेष्ठले संवैधानिक परिषद् संशोधन अध्यादेश पेस गरेका थिए । सुरुमा सभामुख अग्नि सापकोटाले अध्यादेश पेस नभएको बताएका थिए । तर, काँग्रेस, माओवादी केन्द्र र मधेशकेन्द्रित दलका सांसदले उक्त अध्यादेशको विरोधमा संसद् सचिवालयमा विरोधको सूचना गरेका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण