एमालेमा आफ्नो पुरानै अस्तित्वको खोजीमा माधव समूह
सर्वोच्च अदालतले एमाले र माओवादीलाई आआफ्नो पार्टीमा फर्काएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतका नेतासँग परामर्श गरेका छैनन्। उनले पार्टीभित्रकै वरिष्ठ नेताहरूसँग परामर्श नगरेका कारण एमालेको पुरानो सांगठनिक संरचना सञ्चालनमा अन्योल उत्पन्न भएको छ।
पार्टी पुरानै अवस्थामा आएपछि पहिलोपटक माधव नेपाल समूह पार्टीभित्र आफ्नो समूहको पुरानै अस्तित्व खोजीमा लागेको छ। सो समूहले मंगलबार र बुधबार आफू पक्षधर सांसद र केन्द्रीय सदस्यसँग अनौपचारिक छलफलसमेत गरेको थियो। छलफलबाट पार्टीमा सहजीकरणका लागि प्रधानमन्त्री ओली नै जिम्मेवार रहेकाले संवादको पहल पनि उनैले गर्नुपर्ने निष्कर्ष निस्केको छ। ‘सामान्य छलफल भएको हो। पछिल्लो परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने भन्नेबारेमा केन्द्रीय सदस्यसँग नेताहरूले परामर्श गर्नुभएको हो’, स्थायी कमिटी सदस्य रघु पन्तले भने। उनका अनुसार पार्टीभित्र आन्तरिक व्यवस्थापनका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्ने निष्कर्ष निकालिएको छ। ‘तर प्रधानमन्त्रीले नेताहरूसँग संवाद गरेको पाइएन’, उनले भने।
नेपाल समूह पार्टीभित्र एमालेको नवौं महाधिवेशनपछिको शक्तिसन्तुलन मिलाउन संगठित भएर लाग्ने तयारी गरिरहेको छ। अब बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकअघि नेपाल समूहले केन्द्रीय कमिटी, संसदीय दल, प्रदेश र जिल्ला तहसम्म पूर्ववत् समूह संगठित गरी भूमिका बलियो बनाउने तयारी थालेको छ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण