बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा
बिहीबार, २७ फागुन २०७७, ०७ : १०
तनहुँको एक दम्पतीले चितुवासँग लडेर छोरालाई बचाउन सफल भएका छन् ।
बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन सफल भएका हुन् ।
डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा बच्चालाई चितुवाले आक्रमण गरेको थियो ।
साथमै रहेको छोरालाई चितुवाले आक्रमण गरेपछि बाबाआमा चितुवामाथि जाइलागे पछि चितुवा भागेको थियो । चन्द्रबहादुर चेपाङले चितुवाले छोराको घाँटीमा समाते पछि दुवै जना चितु्वामाथि जाइलागेको बताए ।
चितु्वाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ भने चितुवासँग भिड्दा बाबा र आमालाई सामान्य चोट लागेको डिभिजन वन कार्यालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण