पर्वतीय पथप्रदर्शकलाई लाइसेन्स खुला
काठमाडौँ । पर्वतारोहणमा महत्त्वपूर्ण भूमिका रहने पथप्रदर्शकको आधिकारिकताका लागि सरकारले लाइसेन्स खुला गरेको छ ।
पर्यटन विभागले आगामी चैत १ देखि आवेदन दिनसक्ने गरी लाइसेन्स खुला गरेको जनाएको होध्र विभागका अनुसार इच्छुक पथप्रदर्शकले आधिकारिक वेबसाइट टुरिजमडिपार्टमेन्ट डट जीओभी डट एनपीमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
आवेदनका लागि इच्छुक पथप्रदर्शकले नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट आकारको दुईवटा फोटो, नेपाल पर्वतारोहण सङ्घबाट प्राप्त गरेको रातो किताबको प्रतिलिपि र लाइसेन्स दस्तुरबापत दुई हजार एक सय रुपियाँ बुझाएको भौचरसहित अनलाइन पेस गर्नु पर्नेछ ।
विदेशी मुलुकबाट जारी गरिएको पर्वतीय पथप्रदर्शकको प्रमाणपत्रको हकमा नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट समकक्षताको प्रमाणपत्र लिई सोको प्रतिलिपि पनि बुझाउनु पर्नेछध्र अनलाइन आवेदनको तरिका विभागले आफ्नो वेबसाइटमा समेत उल्लेख गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण