बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका आमासहित तीन सन्तानको सामूहिक दाहसंस्कार

बिहीबार, २७ फागुन २०७७, ०८ : २०
बिहीबार, २७ फागुन २०७७

सुर्खेत । कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका आमासहित तीन सन्तानको सामूहिक दाहासंस्कार गरिएको छ ।  

बुधबार साँझ कर्णाली नदीको तीरमा आमा सुकी, तीन छोराछोरीको दाहसंस्कार गरिएको हो  । अछाम जिल्ला अस्पतालमा मंगलबार पोष्टमार्टम गरेपछि उनीहरुको दाहासंस्कार गरिएको स्थानीय छत्र सिजापतीले जानकारी दिए ।  

उनका अनुसार आमा सुकी बडुवालको शव जलाईएको छ भने उनकी १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया सरिता र ८ वर्षीया छोरा ललितको शव गाडिएको छ । 

दाहसंस्कार स्थलमा उनका श्रीमान मानसिंह बडुवाललाई पनि ल्याइएको थियो । मानसिंह थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा रहेका छन् । ६ वर्षीया बालिका रजनी बडुवालको अवस्था अझै अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ ।  

पश्चिम दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकीले पारिवारीक तनावका कारण सोमबार चारसन्तान सहित कर्णाली नदीमा हाम फालेकी थिइन् । 

दैलेखका भएपनि शव अछामतर्फको नदी किनारमा भेटिएकोले मंगलसेनमा पोष्टमार्टम गरिएको थियो । जनी बडुवालको शव नभेटिएकोले खोजी कार्य भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप