बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना १ को मृत्यु, १० घाइते

बिहीबार, २७ फागुन २०७७, १२ : २०
बिहीबार, २७ फागुन २०७७

सुर्खेत  । बिहीबार कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका –१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो । कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 
दुर्घटना परि घाइते भएका १० जना मध्ये ७ जना गम्भिर अवस्थाका घाइतेलाई  एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको स्थानीयबासी नैनबहादुर शाहीले टेलिफोनबाट जानकारी दिए । 

बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १५ यात्री सवार थिए । घाइतेको उद्धार भइरहेको छ । बस विहान ११ बजे टुइकुनामा दुर्घटना परेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप