बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

‘आर्थिक रुपमा किन पछि पर्‍यो कर्णाली ?’

शुक्रबार, २८ फागुन २०७७, १४ : २५
शुक्रबार, २८ फागुन २०७७

   सुर्खेत । ‘कर्णाली उत्सव’ शुक्रबार तेस्रो दिन पनि जारी रहेको छ ।  कर्णालीको आर्थिक पाटाका विविध समस्याका बिषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेल, योजनाविद् डा.दिनेशचन्द्र देवकोटा, कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीसँग सामाजिक विकास अभियन्ता डा.रेणु अधिकारीले विचार विमर्श गरिन् । 

सो वहसमा राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्रा.डा.पुष्पराज कँडेलले भने, ‘कर्णाली विगतमा आत्मनिर्भर प्रदेश हो । तर, अहिले कर्णाली परनिर्भर बन्यो । त्यसका कारण अनेक छन् । १२ औं शताब्दीमा कर्णाली राज्य सवल राज्य थियो । तर, समय कालखण्डमा २०४ वर्षसम्म जुन शासन प्रणाली रह्यो त्यसले कर्णालीलाई हेर्ने दृष्टिकोण फरक भयो ।’

‘कर्णालीको विकास हिजोको गौरवशाली इतिहास हेर्ने अब ‘माउन्टेन ग्रीन इकोनिमक’ बनाउने हो । अब प्राविधिक शिक्षा, व्यवसायिक शिक्षा विषेश जोड दिन आवश्यक देखिन्छ । ७० प्रतिशत व्यापार उद्यमशिलता, जोड दिन जरुरी छ । अर्गानिक बस्तु उत्पादन जोड दिन जरुरी छ,’उनले थपे । ​

योजनाविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले कर्णालीको विकास घुमाउरो नभएर घुम्टोले छोपिएको टालो जस्तो भएको टिप्पणी गरे । 
‘कर्णाली घुमाउरो परेको हैन घुम्टोमा परेको हो । कर्णालीमा भविष्य राम्रो छ, अब यसको ‘घुम्टो’ उठाउन मात्रै बाँकी छ’, उनले भने, ‘समृद्ध नेपालको सपना साकार पार्न कर्णालीले ठूलो योगदान दिन सक्छ । कर्णालीले प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्यो भने कर्णालीलाई विश्वभरी चिनाउन सकिन्छ ।’ 

प्राचिन कर्णाली धनी भएको यहाँको पशुपालन क्षेत्रमा ह्रास आएका कारणले गरिवीको रेखामा रहेको कर्णाली योजना आयोगका सदस्य योगेन्द्र शाही बताए । ‘कर्णालीको पुरानो जनजीवन प्रभावित भएका कारणले पछाडि परेको छ ।’ उनले भने, ‘कर्णालीका च्यारिटी मोडेलमा कर्णालीको विकास गर्न खोजियो ।’ शाहीले कर्णाली प्रदेशसँग प्रशस्त सम्भावना भएको र अहिले पनि कर्णालीले करोडौँका उत्पादनहरु निर्यात गरिरहेको बताए । ‘अब हामी यो विकासलाई कर्णालीको जनताको शिक्षा, स्वास्थ्य लगायतका कुराहरूसँग जोड्ने अभियानमा तल्लीन छौं ,’ उनले भने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप