माओवादी छाडेका कर्णालीका सांसद धर्मराज एमालेको प्रदेश सचिवमा मनोनित
सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य हुन् धर्मराज रेग्मी । माओवादी केन्द्रबाट निर्वाचित भएपनि उनले प्रदेश सरकारको पक्षमा कहिलै आवाज उठाएनन् । उल्टै प्रदेश सरकारको मुख्यमन्त्रीको विरुद्धमा लागि परे । प्रदेश सरकारले गरेका हरेक गतिविधिमा विरोध जनाउने काम गर्थे । आलोचना मात्रै गर्न थालेपछि प्रश्न उठ्ने गरेको थियो सत्ता पक्षकै सांसदले पनि सरकारकै कति आलोचना गरेको भनेर ।
धर्मराज गएको असोजतिर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविश्वासको प्रस्ताव दर्ता गराउने ‘डिजाइनरको भुमिकामा रहेका ओली पक्षका सांसद यामलाल कँडेलसँग लिप्त थिए ।
कँडेलले शाही विरुद्ध उठाएको अविश्वास पत्रमा रेग्मीले पनि समर्थन जनाए ।
उनी मात्र हैन उनी सहित सुर्खेतको क्षेत्र नम्बर –१ (क)बाट निर्वाचित ठम्बर विष्ट पनि यो कार्यमा सहभागी बने । कारणबस त्यो बेला मुख्यमन्त्री शाही डग मगाएनन् । उल्टै केही माधव पक्षका सांसदहरुलाई मुठ्ठीमा लियर कँडेलको योजना तुहाइदिए ।
त्यसपछि पनि मुख्यमन्त्रीको विरुद्धमा पर्दा पछाडी रहेर लागिपरेका दुबै जना प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा थपेका ५५६ जना केन्द्रीय सदस्यभित्र समावेस भए ।
त्यसपछि झन उत्साहित बनेका रेग्मी र विष्ट पक्षीय विभिन्न कार्यक्रम, गोष्ठीमा सरिक हुने काम गरे ।
गृहमन्त्री रामबहादुर थापा बादल सुर्खेत आउँदा पनि सुर्खेत विमानस्थलमा स्वागत गर्न रेग्मी र विष्ट नै गएका थिए । यति मात्रै हैन एमाले पक्षले गरेका हरेक गतिविधिहरुमा उनीहरु उत्रिएका देखियो ।
तर, गएको आइतबार सर्वोच्चले गरेको निर्णयपछि भने दुबै जनालाई वार न पारको स्थिति पारिदियो । घर न घाटको बनाइ दिएपछि कुन मुख लिएर माओवादी केन्द्रमा जालान् भन्ने जिज्ञासा उठ्न थालेका थिए ।
तर रेग्मीलाई शुक्रबार एमालेको प्रदेश सचिव तोकिएको छ । शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले रेग्मीलाई प्रदेश सचिवको जिम्मेवारी दिएको हो ।
बैठकले प्रदेश कमिटी इन्चार्जमा नेता यमलाल कँडेललाई नै दिएको छ भने सह इन्चार्जमा गोरख बोगटी, प्रदेश अध्यक्षमा गुलाबजंग शाहलाई मनोनित गरेको छ ।
एमाले र माओवादी मिलेर बनेको नेकपामा कँडेल सह–इन्चार्ज थिए भने बोगटी प्रदेश अध्यक्ष थिए । अब कर्णाली प्रदेशसभामा माओवादीका १२ सांसद हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण