जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक
काठमाडौँ । आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पु¥याउने गरी आवश्यक काम भइरहेको जानकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दिएको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यपुस्तकको अभाव हुन नदिइने प्रतिबद्धता जनाए । यसका लागि कुनै समस्या नरहेको उनले बताए ।
त्यसका लागि चैत र वैशाख महिनाभित्र पाठ्यपुस्तकको छपाइ पूरा गर्ने केन्द्रको योजना छ ।
कक्षा ६ बाहेक अब झन्डै १० लाख थान पुस्तक छपाइ गर्न बाँकी रहेको जनाइएको छ । गत वर्ष एक करोड ६३ लाख थान पाठ्यपुस्तक छपाइ कार्य केन्द्रले पूरा गरिएको थियो । यस पटक पनि त्यसलाई नै आधार मानेर पुस्तक प्रकाशन गरिने जनाइएको छ ।
जेठ महिनामा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेपछि असार १ गतेबाट सुरु हुने शैक्षिक सत्रलाई सहज तरिकाले अगाडि बढाउन सकिने उनको भनाइ छ ।
सरकारले यस पटक जेठ महिनाभरि विद्यालय तहको वार्षिक परीक्षा पूरा गरी असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिसकेको छ । यसको कार्यान्वयनका लागि जनक शिक्षाका तर्फबाट आवश्यक काम गरिने जनाइएको छ ।
विद्यालय तहको पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मेवारी केन्द्रलाई दिइएको छ । सोअनुसार हाल कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनिवार्य विषयका विद्यार्थीको पुस्तक छपाइ तथा बिक्रीवितरणको कार्य गरेको थियो ।
अब कक्षा १२ का अनिवार्य विषयको पुस्तकसमेत छपाइ गर्ने योजना छ । कक्षा ११ र १२ विद्यालय शिक्षामा आएपछि केन्द्रको जिम्मेवारी थप गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण