संक्रमितको संख्या दैनिक घट्दै गएपछि हेलचेक्र्याइँ बढ्यो
काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम कायम रहे पनि हेलचेक्र्याइँ बढ्दै गएको छ । संक्रमितको संख्या दैनिक घट्दै गए पनि जोखिम भने यथावत् रहेको विज्ञहरूले बताएका छन् ।
अहिले मानिसहरू दिन प्रतिदिन विभिन्न ठाउँमा भेला हुनेक्रम बढिरहेको छ । यस्तै, विद्यालय, यातायात, फिल्म हलहरू सञ्चालनमा आउन थालेका छन् । दैनिकजसो प्रदर्शन भइरहेको छ । तर, भौतिक दूरी कायम हुन सकेको छैन भने मास्कको पनि समुचित तवरले प्रयोग भइरहेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक संक्रमित दर घट्दै गए पनि जोखिम कायमै रहेको बताए । उनले भने, ‘मास्कको उचित प्रयोग गरौं, हेलचेक्र्याइँ नगरौं । जनस्वास्थ्यका मापदण्डहरू पालना गरांै ।’ उनले खोप लगाउनसमेत प्राथमिकता निर्धारण गरिएका नागरिकलाई अनुरोध गरे । उनले भने, ‘कोरोनाले फेरि भयानक रूप पनि लिन सक्छ । आफ्नो पालोमा खोप लगाएर सुरक्षित हुनुहोस् ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण