अब बन्दीपुरमा ग्रेटवाल
विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी बन्दीपुरमा निर्माण भइरहेको मिनी ग्रेटवालका लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ ।
ग्रेटवालका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासा गरेको छ । ठूलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ । रकम अभावले काम अगाडि बढाउन समस्या परिरहेको अवस्थामा सङ्घीय सरकारबाट प्राथमिकतामा पारेर बजेट निकासी भएपछि बन्दीपुरबासीमा खुसी छाएको छ ।
मन्त्रालयले बजेटको व्यवस्था गरी ग्रेटवाल निर्माणका लागि साझेदारी गर्ने भएपछि बन्दीपुरका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।
पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका अनुसार ग्रेटवालका लागि चार करोड ५५ लाख रुपियाँ विनियोजन गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण