अवार्ड दिन आएकी अभिनेत्रीले मञ्चमा किन एकाएक उतारिन् कपडा ?
फ्रान्सकी एक अभिनेत्रीले सरकारसम्म आफ्नो कुरा पुर्याउनका लागि एक सार्वजनिक पुरस्कार समारोहमा आफ्नो कपडा उतारेर ‘कोरोना महामारीको यो समयमा कला र संस्कृतिलाई बचाउनका लागि सरकारले केही कदम उठाउनुपर्छ’ भन्ने सन्देश प्रवाह गरेकी छिन् ।
५७ वर्षीया कोरेन मासिरोले सिजर अवार्ड समारोशको मञ्चमा यस्तो गरेकी हुन् । सिजर अवार्डलाई फ्रान्समा ओस्कर बराबार मानिन्छ ।
मारिसो मञ्चमा गधाको कस्ट्युम ओढेर पुगेकी थिइन् । यसको मुनी उनले रगत लत्पत्तिएको झैं भान हुने ड्रेस लगाएकी थिइन् । पछि उनले यो दुबै लुगा खोलिन् ।
फ्रान्समा सिनेमाघर बन्द भएको तीन महिनाभन्दा बढी भइसकेको छ र धेरैजसो कलाकार सरकारको यो निर्णयले खुसी छैनन् ।
सिजर अवार्ड समारोहका आयोजकले मासिरोलाई ‘बेस्ट कस्ट्युम’ (फिल्ममा सबैभन्दा राम्रो पोसाक) को अवार्ड दिनका लागि बोलाएको थियो ।
तर आफ्नो कपडा उतारेर मासिरोले त्यहाँ उपस्थित सबैलाई हैराना पारिदिइन् ।
उनको शरीरमा केही सन्देश लेखिएको थियो । ढाडमा उनले लेखेकी थिइन्, ‘संस्कृति छैन भने भविष्य छैन ।’
अर्को एउटा सन्देश उनले फ्रान्सका प्रधानमन्त्री जिएन कास्टेक्सका लागि लेखेकी थिइन्, ‘हामीलाई हाम्रो कला फिर्ता देउ ।’
यसै समारोहमा मासिरोले निर्वस्त्र हुनु अघि अन्य कलाकारले पनि सरकारसँग यस्तै अपिल गरेका थिए ।
सिजर अवार्डस्मा यसपटक बेस्ट स्क्रिनप्ले पुरस्कार जित्ने स्टेफनी डेमास्टियरले भने, ‘मेरा बच्चाहरु जाराको स्टोरमा सपिङ गर्न जान सक्छन् तर उनीहरु फिल्म हेर्न जान सक्दैनन्... यो मैले बुझ्न नसकेको कुरो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण