गोविन्दा भन्छन्, 'मेरोविरुद्ध षड्यन्त्र गरियो जसले १६ करोडको नोक्सान भयो'
बलिउड अभिनेता गोविन्दाले आफूमाथि भएको षड्यन्त्रका कारण १६ करोडको नोक्सान भएको बताएका छन् । उनले फिल्म उद्योगका विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुले उनीमाथि षड्यन्त्र गरेको बताएका हुन् ।
गोविन्दाले जानीजानी उनीमाथि षड्यन्त्र गरेको र जसका कारण करोडौँको नोक्सान बेहोर्नुपरेको बताएका हुन् । उनले १६ करोड (भारतीय रुपियाँ) को नोक्सान भएको समेत खुलासा गरेका छन् ।
उनले उद्योगका केही व्यक्तिले उनीसँग निकै नराम्रो व्यवहार गरेको र जसको कारण आफूले फिल्म नपाएको पनि बताए। 'म अब २०२१ मा पनि नयाँ सुरुवात गर्न गइरहेको छु । यो काममा पनि षड्यन्त्र भइरहेको छ', उनले भने।
यसैबीच, गोविन्दाले कुली नम्बर १ को विवादको बारेमा पनि बोलेका छन् । उनले भनेका छन्, 'तपाईं मलाई कहिल्यै पनि कोही दोस्रो व्यक्तिको बारेमा कुराकानी गरेको देख्नुहुने छैन । मेरो बारेमा बोल्न सबैलाई मज्जा आउँछ होला तर मलाई अरुको बारेमा बोल्न मन लाग्दैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण