चर्चामा समिरा रेड्डीको परिवर्तन, नायिकाले बताइन् कसरी कम गरिन् तौल
बलिउड अभिनेता समिरा रेड्डी आजकाल आफ्नो फिटनेसमा निकै काम गरिरहेकी छिन् । उनले एक हप्तामै एक किलोभन्दा बढी तौल कम गरेकी छिन् । उनले हाल आफू फिटनेसका लागि निकै काम गरिरहेको बताएकी छिन् ।
समिराले हालै इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेकी छिन् जसमा उनले भनेकी छिन्, ‘अनुशासन र कडा मिहिनेत ती कुराहरु हुन् जसमा म सधैं कायम रहन चाहन्छु । किनभने मेरो मान्यता यो छ कि फिट रहनु पूर्ण रुपमा एक राम्रो जीवनशैली बनाउने बारे हो ।’
समिराले भनिन्, ‘हामी यहाँ थोरै समयका लागि कुनै सानो लक्ष्य लिएर हिँडिरहेका छैनौं । हामी आफ्नो तौल घटाउनका लागि एउटा दीर्घकालीन लक्ष्य लिएर हिँडिरहेका छौं ।’
समिरा दुई बच्चाकी आमा हुन् र उनी महिलासँग जोडिएको मुद्दामा मुखर भएर बोल्ने गर्छिन् । चाहे त्यो गर्भावस्था पछिको तौल होस् वा आफ्नै हेरविचार होस्, उनले विभिन्न मुद्दामा थुप्रै पटक खुलेर कुरा गरेकी छिन् ।
उनले आफ्नो पछिल्लो हप्ता कसरी गुज्रियो भनेर जानकारी दिँदै भनिन्, ‘यो हप्तामा सबैभन्दा तनावपूर्ण कुरा भनेको, म थोरै चिडचिड भइरहेकी थिएँ । थोरै मुड स्विङ्ग्स भइरहेको थियो तर पनि मैले आफैंले आफैंलाई आफू योजनाको हिसाबले हिँड्दैछु भनेर शान्त पार्नु परेको थियो ।’
कस्तो छ समिरा रेड्डीको रुटिन ?
भिडियोको क्याप्सनमा समिरले भनिन्, ‘बिहान म उठ्दा निकै थाकेकी थिएँ तर पनि मैले कसैगर ४५ मिनेटसम्म योग गरेँ । नियमित रहनु र निरन्तर हुनु मेरा लागि त्यो सूत्र हो जसमार्फत् म निश्चित गर्छु कि योजनाबाट अलग त म हिँडिरहेकी छैन । पछिल्लो एक हप्तामा मैले आफ्नो तौल ९१ किलोबाट ९०.६ बनाएकी छु ।’
उनका अनुसार उनले आफ्नो खानामा असाध्यै तरल पदार्थ समावेश गरिरहेकी छिन् । बिहान उनी दुध र चिनी बिनाको हर्बल टी वा ब्ल्याक टि पिउने गरेकी छिन् । उनले १६ घण्टा ब्रत बसेर ८ घण्टा खाने गरेकी छिन् । यस्तो इन्टरमिटेन्ट फास्टिङ अपनाएर उनले आफ्नो मध्य रातमा खाने बानी सुधारेकी छिन् ।
समिराका अनुसार उनी बिहान ११ बजे, दिउँसो २ बजे र बेलुकी ६ बजे गरी तीन पटक खाना खान्छिन् । उनका अनुसार उनले पागल झैं डाइटिङ गरिरहेकी छैनन् । उनी सन्तुलित आहारमा ध्यान दिइरहेकी छिन् ।
समिराको वर्कआउटको कुरागर्नुपर्दा उनका अनुसार उनी हरेक दिन अनलाइनमार्फत् योग कक्षा लिन्छिन् र यसका साथै उनी दैनिक ब्याडमिन्टन खेल्छिन् र हप्तामा चारपटक साइक्लिङमा जान्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण