सर्वोच्चमा सिफारिस भएका न्यायाधीशद्वयविरुद्ध उजुरी आह्वान
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका दुई मुख्य न्यायाधीशको संसदीय सुनुवाइको प्रक्रिया सुरु भएको छ । गत फागुन २८ गते बसेको न्यायपरिषद्को बैठकले डा. कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले दुई न्यायाधीशको सुनुवाइ प्रक्रिया सुरु गर्दै उनीहरुविरुद्ध १० दिनभित्र उजुरी माग गर्ने निर्णय गरेको छ । त्यस्तै, यो सूचना सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित गर्ने निर्णय पनि गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले रातोपाटीलाई जानकारी दिए ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका छन् । नेपालको संविधानको धारण २९२ तथा न्याय परिषद्को ऐन २०७३ को दफा ६ बमोजिम संसदीय सुनुवाइ भएपछि नेपालको संविधानको धारा १२९ बमोजिम राष्ट्रपति समक्ष नियुक्तिका लागि उनीहरुको सिफारिस गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
