चीनद्वारा कोरोनाविरुद्धको चौथो खोपलाई अनुमति
एजेन्सी । चीनले कोरोनाभाइरसविरुद्धको चौथो खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । चीनको रोग नियन्त्रण केन्द्रले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिइएको स्पष्ट पारेको छ । केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले यो खोपलाई अन्तिम रूप दिएको हो । त्यसलाई अन्य नियामक निकायहरूले गत हप्ता आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए ।
आमनागरिकले प्रयोग गर्न सक्ने गरी अहिलेसम्म चीनमा विकास गरिएका चार खोप तीन संस्थाले विकास गरेका हुन् । त्यस कार्यमा अन्हुइ झिफेइ लङ्कम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान संलग्न रहेको अधिकारीहरूले जनाएका छन् ।
खोपको पहिलो र दोस्रो चरणको परीक्षण गत वर्षको अक्टोबरमा उज्ज्वेकिस्तान, पाकिस्तान र इन्डोनेसियामा गरिएको वक्तव्यमा उल्लेख गरिएको छ । यो खोप उज्ज्वेकिस्तानमा भने गत मार्च १ देखि नै प्रयोगका लागि अनुमति दिइएको छ । खोपका बारेमा पर्याप्त विवरण भने सार्वजनिक गरिएको छैन । कम्पनीका प्रवक्ताले नियामक निकायहरूलाई भने आवश्यक विवरणहरू उपलब्ध गराइएको स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण