यातायात क्षेत्रमा सुधार गर्नुपर्छ : मन्त्री चौधरी
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यातायात क्षेत्रमा थप सुधारको आवश्यकता रहेको बताएका छन् । पश्चिम नेपाल बस ब्यवसायी प्रालिको आज बुटवलमा पद हस्तान्तरण कार्यक्रम मन्त्री चौधरीले यातायात क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकारलाई व्यवसायीहरुले पनि साथ दिनुपर्ने बताए ।
उनले ट्रक ब्यवसायीहरुमा पनि भारतीय ट्रकहरूको ओभर लोडको समस्यालाई व्यवसायीहरुको सहयोगले समाधन भएको स्मरण गर्दै अब सार्वजनिक यात्रुवाहक सवारीका समस्या समाधानमा पनि व्यवसायीहरुले साथ दिनुपर्ने बताए ।
मन्त्री चौधरीले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको व्यवहारमा सुधार आवश्यक रहेको बताउँदै व्यवसायीहरुले नै यातायात क्षेत्र सुरक्षित र आरामदायी भएको बिश्वास दिलाउन सक्नुपर्ने बताए ।
यातायात क्षेत्रमा काम गर्ने चालक, सह-चालकहरूले यात्रुप्रति गर्ने व्यवहार र आचरणमा सुधार आवश्यक रहेको उनको भनाई रहेको थियो ।
कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले सरकारले व्यवसायीहरुलाई संकटको बेलामा समेत सहि ढंगले अभिभावकत्व दिन नसकेको गुनासो गरे । उनले सरकारले सिन्डिकेटको गलत अर्थ लगाएर व्यवसायीहरु माथि अन्याय र विभेदपूर्ण व्यवहार गरेको बताए ।
यसैबीच यस क्षेत्रको यातायात क्षेत्रको सबैभन्दा ठूलो यातायात प्रालिको रुपमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित भएका छन् । प्रालिका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्नुका साथै प्रालिको प्रवन्ध सन्चालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पिएसलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
प्रालिको नियमावली अनुसार गत फागुन २९ गते ११ जना सञ्चालकहरुको निर्वाचन भएको थियो । सञ्चालकहरुको बैठकले पदाधिकारीहरूको चयन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण