रानीवन रिट्रिट : जहाँबाट देखिन्छ पोखराको लोभलाग्दो दृश्य (तस्बिरहरु)
आन्तरिक पर्यटक होस् या बाह्य पर्यटक धेरैको रोजाइमा पर्ने स्थान हो, पोखरा । गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरालाई सदाबहार पर्यटकीय गन्तव्य मानिन्छ । पछिल्लो समय आन्तरिक पर्यटनको समेत लहर चल्न थालेपछि पोखराको पर्यटन बजार थप उत्साहित भएको छ ।
कोरोना महामारीका कारण बीचमा केही सुस्ताउन पुगेको पोखराको पर्यटनले फेरि गति लिन थालेको छ । त्यसैले त आजभोलि पोखरामा पर्यटकको भिडभाड जस्तै देखिन्छ । विदेशी पर्यटकको नेपाल आगमन कम भएर के भो र आजभोलि आन्तरिक पर्यटकले नै चलेको छ पोखरा । नेपालीमा घुम्ने संस्कृतिको विकास र भनेजस्तो वातावरण भएरै पोखरा पर्यटकको रोजाइ बन्न पुगेको हो । फेवातालदेखि, सराङकोटदेखि प्याराग्लाइडिङ आसपासका क्षेत्रमा पर्ने स्तुपादेखि अनेक रमणीय स्थलको अवलोकन गर्न सकिन्छ ।
पोखराको मनमोहन दृश्य एकान्तमा बसेर हेर्न तथा आनन्द लिन पर्यटकहरु कास्कीको पुङ्दीकोटसम्म पुग्ने गरेका छन् । जहाँ रानीवन रिट्रिट नामक एक सुविधासम्पन्न रिसोर्ट समेत सञ्चालनमा रहेको छ। फेवाताल र समग्र पोखरा उपत्यकाको मनमोहन दृश्य र हिमश्रृखला देख्न सकिने भएकाले नै पछिल्लो समय सो रिसोर्टमा पाहुनाको आकर्षण देखिन थालेको छ ।
सन् २०१२ देखि सञ्चलनमा आएको सो रिसोर्टमा सर्वसुलभ मूल्यमा कोठाहरू उपलब्ध हुनुका साथै आकर्षक प्याकेजहरु समेत रहेका छन् । १२ रोपनी क्षेत्रफलमा फैलिएको रानीवन रिट्रिट जति सुन्दर छ त्यतिनै त्यहाँबाट सुन्दर दृश्यावलोकन गर्न पनि सकिन्छ ।
बिहानको सूर्योदयको मनमोहक दृश्य पनि रिसोर्टबाट देखिन्छ भने शहरको कोलाहाल र तनावयुक्त वातावरणबाट केही समय भएपनि त्यहाँ पुग्दा अवश्य मुक्ति मिल्छ । रातीपनि पोखरा उपत्यकाको झलमल्ल दृश्य बिछट्ट मनमोहक देखिन्छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण