आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आफू पक्षीय शीर्षस्थ नेतालाई पौडेलले बोलाए बोहोराटार

आइतबार, ०८ चैत २०७७, १२ : ५४
आइतबार, ०८ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्षस्थ नेतालाई बोहोराटार बोलाएका छन् । पौडेलले आफ्नो निवास बोहोराटारमा दिउँसो एक बजेका लागि नेताहरुलाई बोलाएका हुन् । पौडेलले, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेतालाई बोलाइएको बुझिएको छ । पार्टीको १४ औं महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने नेता केसीले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको विकल्प दिन अग्रसरता नलिएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ । सभापति देउवाले भने अझै परिस्थिति परिपक्व नबनेको बताउँदै आएका छन् । एमालेमा ओली र माधव नेपालको  लफडा, माओवादी केन्द्र र जसपाको संस्थागत निर्णयपछि मात्र ओलीको विकल्पबारे प्रष्ट चित्र देखिने देउवाको भनाइ छ ।

तर पौडेलले यसका लागि पनि काँग्रेसले अग्रसरता दिनुपर्ने बताइरहेका छन् । यसअघि पौडेल पक्षको भेलाले ओलीको विकल्पमा काँग्रेस अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको थियो ।  सोहीअनुसार पदाधिकारी  बैठकमा काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन बनाउनुपर्नेमा एक मत बनेको थियो । त्यो अनुसार सभापति देउवाले अग्रसरता नदिएको पौडेल पक्षको आरोप छ । यस विषयमा थप दबाब दिन पौडेलले आफू पक्षीय शीर्षस्थ नेतासँग संवाद गर्न लागेको बुझिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप