शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

गल्ती स्वीकार गरेर आए प्रचण्डलाई पनि एमालेमा स्वागत गर्छौंः सञ्चारमन्त्री गुरुङ

आइतबार, ०८ चैत २०७७, १९ : २२
आइतबार, ०८ चैत २०७७

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गल्ती स्वीकार गरे माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ लाई पनि एमालेमा स्वागत गर्ने बताएका छन् । नेकपा एमालेका नेता समेत  रहेका मन्त्री गुरुङले पार्टीभित्रको गुटबन्दीलाई भने निषेध गरिएको स्पष्ट पारे ।

‘गल्ती महशुस गरेर आउँछन् भने दाहाललाई पनि पार्टी भित्र स्वागत गरिनेछ’ आइतबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘तर गुटगत गतिविधि गर्नेलाई भने ‘नो इन्ट्री’ ।’ पार्टी, देश र जनताका लागि नै घातक हुने गुटबन्दी स्वीकार गर्ने अवस्थामा आफूहरु नरहेको मन्त्री गुरुङको तर्क छ । 

मन्त्री गुरुङले अनुचित र सिद्धान्तहिन सम्झौता गरेर सरकार टिकाइरहन नपर्ने पनि दोहोर्याए । स्पष्ट बहुमतमा सरकार रहेको उल्लेख गर्दै उनले गठबन्धन गरेर सरकारलाई टिकाउनुपर्ने अवस्था रहेको प्रष्ट्याएका हुन् । मन्त्री गुरुङले एमालेका लागि सरकारमा रहँदा आफूले अघि सारेको समृद्धिको एजेन्डालाई कार्यान्वयन गरेर जाने र प्रतिपक्षमा रहँदा चुनावको तयारी गरेर निर्वाचनमा बहुमत ल्याउने दुवै हातमा लड्डु रहेको दावी समेत गरे । मन्त्री गुरुङले ठेक्का सम्झौता, डिपिआर अध्ययन र निर्माण कम्पनीले काम सुरु गरेको आयोजनामात्र सरकारले उद्घाटन गरिरहेको बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप