सुशान्त सिंह राजपुतद्वारा अभिनित ‘छिछोरे’ लाई उत्कृष्ट हिन्दी फिल्मको अवार्ड
भारतमा ६७ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरिएको छ । सन् २०१९ मा बनेको फिल्म तथा उनका कलाकारलाई सम्मानित गरिएको छ ।
दिवंगत अभिनेता सुशान्त सिंह राजपूतद्वारा अभिनित ‘छिछोरे’ लाई उत्कृष्ट हिन्दी फिल्मको अवार्ड प्रदान गरिएको छ । कंगना रनौतलाई मणिकर्णिका र पंगाका लागि सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्रदान गरिएको छ । मनोज बाजपेयीलाई भोसलेका लागि सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिइएको छ ।
यद्यपि, यसको घोषणा अघिल्लो वर्ष मे महिनामा नै हुने निश्चित भएको थियो तर कोरोना भाइरस महामारीका कारण हुन सकेको थिएन । सिक्किमलाई फिल्म सुटिङका लागि प्रिय राज्यको अवार्ड दिइयो । सोहिनी चट्टोपाध्यायलाई उत्कृष्ट फिल्म समीक्षकको अवार्ड प्रदान गरियो ।
यो अवार्ड डायरेक्टोरेट अफ फिल्म फेस्टिबलको तर्फबाट दिइन्छ । यो संस्था भारतको सूचना तथा प्रसारण मन्त्रालयअन्तर्गत काम गर्छ । अवार्ड पारम्परिक रुपमा राष्ट्रपतिले दिने गर्छन् तर ६६ औं राष्ट्रिय फिल्म पुरस्कार उपराष्ट्रपति वेंकैया नायडूले दिएका थिए । यद्यपि, राष्ट्रपति रामनाथ कोबिन्दले बिजेतासँग चियापान कार्यक्रममा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण