भारतमा १५ दिनभित्र साढे एक लाखभन्दा बढी कोरोनाका सक्रिय संक्रमितको वृद्धि
भारतमा सोमबार ४०,६११ नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यस्तै २९,७३५ जना निको भएका छन् भने १९७ संक्रमितको मृत्यु भएको छ ।
यस्तै, आइतबार मात्रै ४७,००९ जना संक्रमित भेटिएका थिए । पछिल्लो एक हप्तामा पहिलो पटक नयाँ संक्रमितमा गिरावट आएको छ । यसअघि १४ मार्चमा २६,४१३ संक्रमित फेला परेका थिए र त्यसको भोलिपल्ट २४,४३७ बिरामी संक्रमित पाइएका थिए । १५ मार्च पछि संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको थियो ।
पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १०,६७६ वृद्धि भएको छ । हाल ३ लाख ४२ हजार ३४४ बिरामीको उपचार भइरहेको छ । भारतमा हालसम्म १ करोड १६ लाख ८६ हजार ३३० मानिस यो महामारीको चपेटमा आइसकेका छन् । यीमध्ये १ करोड ११ लाख ७९ हजार ५९ बिरामी निको भइसकेका छन् जबकी १.६० लाखले ज्यान गुमाएका छन् ।
पछिल्लो १५ दिनमा भारतमा साढे एक लाखभन्दा बढी सक्रिय संक्रमितको वृद्धि भएको छ ।
– कोरोनाको बढ्दो संक्रमणका कारण भारतको यूपी सरकारले १ देखि ८ कक्षासम्मको स्कूल २४ देखि १ मार्चसम्म बन्द राख्ने निर्णय गरेको छ । ९ देखि १२ कक्षासम्मका स्कू्ल २५ देखि ३१ मार्चसम्म बन्द रहनेछन् । पञ्चायत चुनावमा सावधानी अपनाउन निर्देशन दिइएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले हरेक जिल्लामा कम्तीमा १–१ कोभिड अस्पताल हुनुपर्ने आदेश दिएका छन् ।
– बनारस हिन्दु युनिभर्सिटीका होस्टल र अस्पतालमा कोरोनाको बढ्दो संक्रमणका कारण प्रशासनले सबै अफलाइन कक्षा बन्द गर्ने निर्णय गरेको छ । विद्यार्थीलाई होस्टल खाली गर्न भनिएको छ । युनिभर्सिटीमा मंगलबारदेखि नै होलीको बिदा दिइएको घोषणा गरिएको छ ।
– पञ्जाबको एसएएस नागरमा लागू गरिएको प्रतिबन्ध बढाइएको छ । यहाँ पुनः नाइट करफ्यू लगाइएको छ । सांस्कृतिक वा सामाजिक कार्यक्रममा २० भन्दा बढी मानिसहरु समावेश हुन अनुमति छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण