भारतीय जेलमा चार दशक गुजारेर घर फर्किएका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

काठमाडौं । चार दशकसम्म भारतीय जेलमा रहेर हालै घर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
उनलाई जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना उल्लेख छ ।
माई नगरपालिका वडा नम्बर १० को सिफारिस पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसाद तिम्सिनाको नाममा नागरिकता प्रमाणपत्र प्रदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले रातोपाटीलाई बताए ।
नागरिकतामा उनको जन्मस्थान एकतप्पा गाविस, बाबुको नाम चम्फाखर तिम्सिना र आमा धनमाया तिम्सिना उल्लेख छ ।
नागरिकताका लागि बुधबार वडा कार्यालयले सिफारिस पठाएको माई नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मनबहादुर बस्नेतले रातोपाटीलाई बताए ।
‘हामीले नाता प्रमाणित लगायतका प्रक्रियाहरु पूरा गरेर बुधबार नै सिफारिसपत्र तयार पारिदियौँ,’ उनले भने, ‘बिहीबार बिहानै उहाँहरु जिल्ला प्रशासन कार्यालय जानुभएको हो ।’
नागरिकता विना सरकारी सेवा–सुविधाबाट वञ्चित हुने अवस्था देखिएको र अन्य आवश्यक कानुनी प्रक्रियाहरु पनि पूरा गर्नुपर्ने भएकाले आफूहरुले दुर्गाप्रसादको नागरिकता बनाउन सिफारिस गरी पठाएको उनले बताए ।
दुर्गाप्रसाद भारतीय जेलमा दीपक जैसीका नामबाट चार दशकसम्म बन्दी बनेका थिए । अदालतको आदेश अनुसार उनी हालै जेलमुक्त भएर स्वदेश फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्