भागरथी हत्या प्रकरण : अभियुक्तको डिएनए भेजाइनल स्वाबसँग म्याचिङ भयो : प्रहरी
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भन्दै पुर्पक्षका लागि बाल सुधार गृहमा पठाइएका अभियुक्तको डिएनए म्याचिङ भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार भागरथीको शरीरबाट लिइएको भेजाइनल स्वाब र अभियुक्तको डिएनए म्याचिङ भएको छ ।
घटनालगत्तै प्रहरीले भागरथीको भेजाइनल स्वाबको नमुना संकलन गरी काठमाडौंस्थित प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । फागुन ६ गते घटनामा संलग्न भन्दै पक्राउ गरिएका स्थानीय १७ वर्षीय किशोरको डिएनए स्याम्पल पनि प्रहरीले काठमाडौं पठाएको थियो । भागरथीको भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग अभियुक्तको डिएनए म्याचिङ भएको प्रहरीले बताएको हो ।
केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, सामाखुसीले पठाएको सिलबन्दी रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा खोलिएको र रिपोर्टमा डिएनए म्याचिङ भएको जनाइएको प्रवक्ता सिंहले रातोपाटीलाई बताए । आजै सरकारी वकिलमार्फत अदालतमा बुझाइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण