गर्मीका कपडाको मूल्य बढ्यो
काठमाडौं । गर्मी मौसमका लागि आवश्यक कपडाको माग सँगसँगै मूल्य पनि बढेको छ । गर्मी बढ्दै गएपछि बजारमा यस्ता कपडाको माग बढ्दै गएको र ढुवानीको भाडादरसमेत बढेका कारण तयारी कपडाको मूल्य बढेको हो ।
कोरोनाको त्रास बढिरहेको भए पनि यति बेला काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, सुन्धारालगायतका स्थानमा गर्मीका लागि लुगा किन्न आउने ग्राहकको भीड बढिरहेको पाइएको छ । असनमा तयारी कपडाको होलसेल व्यापार गर्दै आएका राकेस सापकोटाले गर्मी बढेसँगै काठमाडौं बाहिरका शहरबाट समेत व्यापारीहरू कपडा किन्न काठमाडौं आउने क्रम बढेको बताए ।
गतवर्ष गर्मी मौसम शुरू हुने बेलामा नै नेपालमा कोरोनाको संक्रमण रोक्न बन्दाबन्दी भएपछि तयारी कपडाको व्यापार ठप्प हुन पुगेको थियो । तर, यस वर्ष भने कपडाको व्यापार राम्रो हुने आशा रहेको सापकोटाले बताए । उनका अनुसार वैशाख महीनामा गर्मी मौसमका कपडाको व्यापार सबै भन्दा बढी हुने भए पनि अहिलेदेखि नै कपडा किन्न ग्राहकको भीड लाग्न थालिसकेको छ ।
माग बढ्दै गएपछि यति बेला तयारी पोशाक व्यापारीहरूले चीन, भारत, थाइल्यान्ड, इन्डोनेशियालगायतका देशबाट कपडाको आयात बढाएका छन् । कोरोना महामारीका कारण आयातकर्ता व्यापारीहरू कपडा आयातका लागि आपैm विदेश जान सक्ने अवस्था नभएपछि उनीहरूले अनलाइनमा कपडाको डिजाइन हेरेर एजेन्टमार्पmत कपडा किनिरहेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण